उत्तर कोरिया किन जाँदैछन् एमाले नेता नेपाल ? माओवादी सांसद पनि प्योङयाङ उडे

उत्तर कोरिया किन जाँदैछन् एमाले नेता नेपाल ? माओवादी सांसद पनि प्योङयाङ उडे


काठमाडौं – आवणिक हतियार परीक्षणले अमेरिका र संयुक्त राष्ट्रसंघको नाकाबन्दी खेपिरहेको उत्तर कोरिया भ्रमणमा नेपालका नेताहरु सवार हुँदैछन् । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपालसहित केही सांसदहरु उत्तर कोरियाको राजधानी प्योङयाङको यात्रामा जान लागेका हुन् । प्योङयाङमा आयोजित ‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु’ कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेता नेपाल आज दिउँसो त्यसतर्फ प्रस्थान गर्दै छन् ।

 

 

यद्यपी हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकालसहितका सांसदहरू विहिबार (हिजो) नै प्योङयाङ प्रस्थान गरिसकेका छन् ।  उक्त कार्यक्रममा विभिन्न मुलुकका प्रभावशाली नेताहरूको उपस्थिति रहने बताइएको छ ।

 

भ्रमणको विरोध

 यसैबीच उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि क्षेप्यास्त्र परीक्षणबाट दबाब बढाइरहेका बेला राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण समयानुकुल नभएको भन्दै विरोध भएको छ । विभिन्न मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण समयानुकूल नभएको भन्दै नेता नेपाललाई उत्तर कोरिया भ्रमण रद्द गर्न आग्रह गरेका छन् ।

 

तर नेपालले नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै पूर्वनिर्धारित कार्यक्रम भएकाले भ्रमण रद्द नगर्ने अडान लिदै आज त्यसतर्फ जान तयार भएका हुन् ।