काठमाडौं । श्री एयरलाइन्सले जहाज ल्याएको झन्डै एक महिनापछि उडान अनुमति (एओसी) पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विहिबार श्री एयरलाई उडान अनुमति प्रदान गरेको हो । अनुमति पाएसँगै श्री एयरले आजबाट व्यवसायिक उडान सुरु गर्दैछ ।
श्री एयरलाइन्स कम्पनीका प्रबन्ध निर्देशक सुधीर मित्तलले नेपालगञ्ज र भैरहवा दुईवटा उडानमार्फत आजदेखि सेवा सुरु गर्न लागेको जानकारी दिए ।
यसअघि हेलिकप्टर सेवा सञ्चालन गर्दै श्री एयरलाइन्सले ठूलो लगानी गरेर फिक्स विङग (जहाज)को यात्रा प्रारम्भ गर्दैछ । यसका लागि चैत ३० यताका तीन महिनामा कम्पनीले क्यानेडाको बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका तीनवटा जेट इन्जिनयुक्त विमान नेपाल ल्याएको छ ।
अहिले यो कम्पनीसँग आठ वटा हेलिकप्टर छन् ।
प्रतिक्रिया