धनगढी – सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् । सरकारी सम्पत्ति निजी कामकमा प्रयोग गर्न नपाइने व्यवस्थाका उल्लघंन गर्दै एसपी प्रदीप पालले हतियारसहित सशस्त्र प्रहरी जवान पछाडि राखेर आफन्तको विवाहमा गाडी प्रयोग गरेका हुन् ।
ना १ झ १४९७ नम्बरको साइरनसहित सशस्त्र प्रहरीको स्कोरपियो पिकअप गाडी धनगढीको चौराहदेखि ओम प्यालेससम्म नाचिरहेका जन्तीको पछिपछि हिँडेको देखेपछि पत्रकारको नजरमा परेको थियो ।
पिकअप गाडीको पछाडि दुई जना जवान हतियारसहित एसपीका बालबच्चा र आफन्त जन्ती जाने गरी सजिएका देखेपछि पत्रकारले गाडीको पिछा गरेका थिए ।
काठमाडौं गोल्डेन्सको क्रिकेट टिमले डिपिएल बहिष्कार गरेपछि आयोजित पत्रकार सम्मेलनमा गइरहेको पत्रकारको टोलीले देखेपछि उक्त गाडी विवाहको लस्कर छाडेर ओम प्यालेसतिर हुइँकिएको थियो । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।
प्रतिक्रिया