एनडिसी कोर्सका लागी ९ सैनिक  अधिकृत छनौट, वैकल्पिकमा दुई महासेनानी छानिए 

एनडिसी कोर्सका लागी ९ सैनिक  अधिकृत छनौट, वैकल्पिकमा दुई महासेनानी छानिए 


काठमाडौं – सैनिक मुख्यालयले नेशनल डिफेन्स कोर्स (एनडिसी) का लागी छनौट हुने उच्च अधिकारीहरुको नामावली प्रकाशित गरेको छ । सेनामा सहायकरथीबाट उपरथीमा बढुवा हुन एनडिसी अनिवार्य मानिने हुनाले पनि यो कोर्स महत्वपूर्ण मानिन्छ । 

सैनिक मुख्यालयले एनडियू वा सो सरहको तालिमका शिक्षार्थी मनोनयनसम्बन्धी कार्यविधी २०७३ को अनुसुचि २ बमोजिम छनौट गरी २०७६ सालमा प्राप्त हुनसक्ने तालिमको भ्याकेन्सी संख्या ९ र थप गरी हुन आउने संख्याका आधारमा सैनिक अधिकृतहरुको नाम छनौट भएको हो । ।

एनडिसीका लागी छनौट हुनेहरुमा प्रधानसेनापतिको कार्यालयमा रहेका महासेनानी प्रेम बहादुर पुन, निति तथा योजना निर्देशनालयमा कार्यरत मसे सुरेन्द्रसिंह रावल, रणनीतिक तथा दिर्घकालिन योजना निर्देशनालयमा कार्यरत मसे कृष्णबहादुर जिसी, सैनिक गुप्तचर महानिर्देशनालयमा कार्यरत मसे चोकबहादुर ढकाल र आपुर्ति तथा परिवहन निर्देशनालयमा कार्यरत सहायकरथी योगराज शर्मा रहेका छन् । 

त्यसैगरी नीति तथा योजनामा कार्यरत महासेनानी नकुलबहादुर रायमाझी, राष्ट्रिय सेवा दलमा कार्यरत मसे. विजय थापा शान्ति सेनामा कार्यरत टिकाराम गुरुंग र २८ बाहिनीमा कार्यरत महासेनानी सुनिल श्रेष्ठ एनडिसी कोर्सका लागी मनोनियत भएका छन् । 

वैकल्पिकका लागी ध्रुव प्रकाश शाह र याम बहादुर सापकोटा मनोनयनमा परेका छन् ।नेपाली सेनाले उच्च सैनिक अधिकारीहरुलाई एनडिसीका लागी अमेरिका,भारत,चीन,बेलायत, पाकिस्तान र वंगलादेशलगायतका देश पठांउदै आएको छ ।