काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र दिपक बोहराले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) का वीच आइतबार काठमाडौंमा एकता भएको छ । आइतबार विहान दुवै पार्टीको संयुक्त कार्य सम्पादन समितिको बैठकमा एकताको आधारपत्रमा हस्ताक्षर भई घोषणासभा गरिएको छ ।
माघ १८ गते शुपति शमशेर राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(राष्ट्रवादी)बीच एकता भएको थियो। तर, उक्त एकता प्रक्रियाबाट बोहरा सहितको समूह अलग्गिएको थियो। बोहोरासँगै केशरबहादुर बिष्ट, विन्दू पहाडी, विष्णु भट्टराई, श्याम केसी, प्रदीप उदय, मिरा राणा लगायतका नेताहरूले एकता पक्रियालाई बाहिरिएका थिए।
आधारपत्रमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष दिपक बोहराले हस्ताक्षर गरेका छन् ।आज हस्ताक्षरित एकताको आधारपत्र यसै साथ संलग्न गरिएको छ । देशमा एक बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने सन्दर्भमा राप्रपा र राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष दिपक बोहराले नेतृत्व गर्नुभएको राप्रपा (प्रजातान्त्रिक) बीच एकता गर्ने सहमति भएको छ ।
प्रतिक्रिया