१४२ यात्रु बोकेको विमान बंगलादेशको जहाज अपहरण प्रयास

१४२ यात्रु बोकेको विमान बंगलादेशको जहाज अपहरण प्रयास


ढांका – बंगलादेशको राजधानी ढांकाबाट दुबईका लागी उडेको विमान वंगलादेशको जहाज अपहरण गर्ने प्रयास भएको छ । विविसीकाअनुसार राजधानी ढाकाबाट जहाज उडेको आधा घण्टामा नै ककपिटभित्र बंदुकधारी पसेका थिए । 

त्यसको केही समयपछि चिटगांवको के शाह अमानत इन्टरनेशनल एयरपोर्टमा जहाजलाई अवतरण गराईएको थियो । विमानमा सवार १४२ यात्रीहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको बताईएको छ । विमानभित्र चालक दलका सदस्य र बन्दुकधारी रहेका छन् । बंगलादेशी सुरक्षा बलका सदस्यहरुले विमानलाई चारै तिरबाट घेरिसकेका छन् । 

एयरपोर्ट प्रशासनले सवै उडान रोकेको छ । बंदुकधारीले बंगलादेशकी प्रधानमन्त्री शेख हसीनासंग कुराकानी गर्न खोजेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । विमान अपहरण गर्नुको कारण भने खुल्न सकेको छैन् ।