पार्टी एकता र सरकारको समिक्षा गर्न ओली–प्रचण्ड छलफलमा

पार्टी एकता र सरकारको समिक्षा गर्न ओली–प्रचण्ड छलफलमा


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता र सरकार हेरफेर गर्नेबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकार हेरफेर र केही मन्त्रीहरु हटाउने र नयाँ मन्त्री नियुक्ती गर्नेबारे दुई अध्यक्षहरुबीच गम्भिर कुराकानी भएको स्रोतको दाबी छ ।

तत्काल संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई हटाउने निश्कर्षमा अध्यक्षद्धय पुगेको स्रोतले बतायो । रवीन्द्रको ठाउँमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लैजाने तयारी भएको छ ।

त्यस्तै, लालबाबु पण्डितलाई पनि हटाउनेबारे छलफल भएको बुझिएको छ । उता, संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट परराष्ट्रमा ल्याउने तयारी भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई सञ्चार मन्त्रालयमा लैजाने तयारी छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि हटाएर पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई लैजाने ओली–प्रचण्डको छलफल भएको छ ।