ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना: चिन्न नसकिने अवस्थामा ५ शब फेला

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना: चिन्न नसकिने अवस्थामा ५ शब फेला


काठमाडौं – पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो ।

हेलिकोप्टरमा मन्त्री अधिकारी, बिरेन्द्र प्रसाद श्रेष्ठ,अर्जुन कुमार घिमीरे,आङ छिरीङ शेर्पा, युबराज दाहाल सहित ६ जना थिए ।

हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ ।‘घट्नास्थल पुग्न तीन घण्टा लाग्छ, विस्तृत विवरण आउन बाँकी छ ।’