सरकारले बलियो जग निर्माण गरिसक्यो, अव जनताको अवस्था वदल्छौं : वनमन्त्री वस्नेत 

सरकारले बलियो जग निर्माण गरिसक्यो, अव जनताको अवस्था वदल्छौं : वनमन्त्री वस्नेत 


बर्दिया– वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले सरकारले एक वर्षको अवधीमा जग निर्माणको काम सम्पन्न गरेको भन्दै छिट्टै देशमा परिवर्तनको अनुभुति गर्न पाईने दावी गरेका छन् । 

चोरीशिकार नियन्त्रण तथा युवा परिचालन अभियान राष्ट्रिय दिवस–२०७५ को अवसरमा आईतवार वर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वस्नेतले वर्तमान सरकारले घर निर्माणका लागी बलियो जग बनाएको दावी गरे ।  

मन्त्री वस्नेतले भने ‘ कतिपयले सरकार कता हरायो, के काम गर्यो भनेर आलोचना गरिरहेका छन्,म भन्छु सरकार कतै हराएको छैन्, सरकारले बलियो घर बनाउन जग निर्माणको काम सम्पन्न गरेको छ, अव छिट्टै जनताले अनुभुति नै गर्न पाउने गरी परिवर्तन हुन्छ ।’ 

उनले देशमा राजनीतिक व्यवस्था बदलिएको भन्दै अव गरिविको अन्त्यको लागी लाग्नुपर्ने वताएका छन् ।

जनताको सहभागीतामा देशको व्यवस्था परिवर्तन भएको भन्दै मन्त्री वस्नेतले सरकारले गांउ,समाज र जनताको जिवन वदल्ने गरी काम सुरु गरेको दावी गरे ।  

‘म तपाईहरुलाई धैर्य रहन आग्रह गर्छु,सरकारले केही समयमै व्यवस्था परिवर्तन भएपछि के हुन्छ त्यसको अनुभुति गराउंदैछ ।’ कार्यक्रममा मन्त्री वस्नेतले भने । 

उनले निकुन्जलाई मध्यवर्ती क्षेत्रको समस्याका रुपमा नहेर्न स्थानीयलाई आग्रह गर्दै यसलाई सरकारले समृद्धिको आधार बनाएर नै छोड्ने बताए ।  

मन्त्री वस्नेतले भने ‘वन्यजन्तुका कारणले तपाईहरुले दुख पायौं भन्ने दिन जांदैछन्, अव वन्यजन्तुको संरक्षण गर्ने मात्र होईन यसबाट तपाईहरुले लाभ लिने गरी हामी निती बनाउंदैछौ ।’ 

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री वस्नेतले वस्नेतले जैविक विविधताको संरक्षणमा सरकार लागिरहेको भन्दै त्यहाबाट हुने लाभको फाईदा मध्यवर्ती क्षेत्रका वासिन्दालाई हुने बताए ।   

कार्यक्रममा प्रतिनिधीसभा सदस्य सत्या पहाडीले स्थानीय सहभागितामा जैविक विविधताको संरक्षण र  चोरी शिकारी नियन्त्रण हुनु सराहनिय कदम भएको बताईन् । 

पुर्वमन्त्री समेत रहेकी नेकपा नेतृ पहाडीले युवाहरुलाई देशको समृद्धीसंग जोड्न वर्तमान सरकारले पहल गरिरहेको दाबी गरिन् । उनले युवाको सहभागीता विना कुनै पनि देशको विकास सम्भव नभएको धारणा राखिन् ।