काठमाडौं – संवैधानिक आयोगमा सिफारिस भएका प्रस्तावित चार अध्यक्षको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
सुनुवाई समितिको मंगलबारको बैठकले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र थारु आयोगका अध्यक्षको नाम अनुमोदन गरेको छ । कुनै पनि उजुरी नपरेका चारै आयोगका प्रस्तावित अध्यक्षको नाम सिफारिस गरिएको सुनुवाई समितिले जनाएको छ ।
वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मेधसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद चौधरीको नाम अनुमोदन भएको छ। नेपाली कांग्रेसका सदस्यहरुले भने सिफारिस प्रक्रियामा प्रतिपक्ष दललाई वहिष्कार गरिएको भन्दै सुनुवाइको सम्पूर्ण प्रक्रिया नै वहिष्कार गरेका छन्।
यस्तै मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारको सुनुवाई मंगलबार नै हुँदैछ । संसदीय सुनुवाई विशेष समितिले अन्सारीलाई मंगलबार सुनुवाईका लागि बोलाएको छ । प्रस्तावित अध्यक्ष अन्सारी विरुद्ध समितिमा उजुरी परेपछि सुनुवाई हुन सकेको थिएन ।
प्रतिक्रिया