रक्षामन्त्री भन्छन्– सशस्त्र द्वन्द्वमा भएका घटनाबाट शिक्षा लिनुपर्छ

रक्षामन्त्री भन्छन्– सशस्त्र द्वन्द्वमा भएका घटनाबाट शिक्षा लिनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र द्वन्द्वमा भएका घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भइसकेकाले सशस्त्र द्वन्द्वका घटनाबाट अहिले पश्चाताप नलिई शिक्षा लिनुपर्ने रक्षामन्त्री पोखरलले बताए।

२०औं यदुकुमार गौतम स्मृति दिवस तथा १७औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले भने, ‘हिजो घटना जे जे भए त्यसबाट पश्चाताप लिनु हुँदैन । सबैलाई सम्झीसम्झी मन अमिलो पार्न पनि सकिँदैन ।’

रक्षामन्त्री पोखरेलले दुई पार्टीको सहकार्य, संवाद र मित्रता बढेपछि एकता भएको भन्दै नेपाली जनता र कार्यकताको चाहना तथा राष्ट्रको आवश्यक भएकाले नै एकता भएको बताए।