विप्लवप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने– जनतालाई चक्कु देखाउने काम बन्द गर्नुहोस्

विप्लवप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने– जनतालाई चक्कु देखाउने काम बन्द गर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना पुरा गर्न पार्टी एकता गरिएको बताएका छन्।

४६ औं सुखानी स्मृति दिवशको अवसरमा मंगलबार झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको प्रधानमन्त्री ओलीले स्मरण गरे। ‘म भागेर बचें नत्र त्यति बेला म पनि मारिन सक्थें,’ उनले भने, ‘हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।’

प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पुरा गरेको बताए। ‘झापा आन्दोलनका सहिद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छ,’ प्रधानमन्त्री ओलीले सुखानीबाट भने, ‘म यही सहिद भूमीबाट भन्न चाहन्छु तत्कालिन एमाले र माओवादीको पार्टी एकता पनि सहिदका सपना पुरा गर्नका लागि भएको हो ।’

प्रधानमन्त्री ओलीले लुटपाट गर्ने,चन्दा उठाउने धन्दा गर्ने समुहलाई कम्यूनिष्ट भन्न नसकिने बताए। नत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति इंगित गर्दै ओलीले भने, ‘जनतालाई चक्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस्।’ प्रधानमन्त्री ओलीले भने, ‘म यो सहिद भूमीबाट फेरी एक पटक आह्वान गर्छु ,कोही वास्तविक कम्यूनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुहोस ।’