देशैभर बाढीपहिरोको ताण्डवः ३० को मृत्यु

देशैभर बाढीपहिरोको ताण्डवः ३० को मृत्यु


काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले देशैभर बाढीपहिरोका कारणले मृत्यु हुनेहरुप्रति सम्वेदना व्यक्त गर्दै उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन्।

शनिबार गृहमन्त्रालयमा पत्रकारसँग मन्त्री शर्माले देशैभरको जनधनको क्षतिका बारेमा अवगत गराएका हुन्।

 

जस अनुसार झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जना मानिसहरुको मृत्यु भएको छ भने, कैयोँ बेपत्ता भएका छन्।

 

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा जान्का लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री स्टेन्डबाई राखे पनि मौसम प्रतिकूल भएको कारणले आफु जान् नसकेको बताए। उनले मौसमले साथ दिन बित्तिकै त्यस तर्फ प्रस्थान गर्ने जानकारी गराए।

 

त्यसैगरी गृहमन्त्री शर्माले बाँकेको नरायनापुर गाउँपालिका र राप्ती सुनारी गाउँपालिकामा बाढीका कारणले गाउँहरु डुबानमा परे पछि, सुर्खेतबाट उद्धारका लागि त्यस तर्फ पठाउन् निर्देशन दिए। उता बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्तले पानीको सतह घटदै गएकोले डुबानको समस्या बिस्तारी हटने आशा गरेको जानकारी गराए।
हेलिकप्टर त्यसै क्षेत्रमा राखिएको छ। ४ हजार भन्दा बडी मानिसहरु त्यहाँ प्रभावित भएका छन्।

 

गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उद्धार कार्यका कुशल जवाहरुलाई परिचालित गर्न केही समय अघि नै निर्देशन दिइसकेका छन्।। मध्य पहाडी क्षेत्रमा पनि पहिरोका कारणले मानिसको जनजीवन प्रभावित भएको छ। उनले डुबानमा परेका जनता, राजनितीक दल, जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेको जानकारी समेत गराए।

 

त्यसैगरी झापाका सहायक प्रमुख जिल्ला अधिकारी भीम प्रसाद तिवारीका अनुसार मदनामा मुसलधारे पानी परी रहेकोले उद्धार कार्य प्रभावित भएको छ।