काठमाडौं – स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले सरकारसंग ११ बुंदे सहमति गरेर मधेस पुगेका छन् । उनी आइतबार दिउँसो जनकपुर विमानस्थलमा उत्रिएपछि कडा सुरक्षाबीच समर्थकहरुले नगर परिक्रमा गराएका थिए ।
शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको बताइए पनि स्वतन्त्र मधेस गठबन्धका कार्यकर्ताले संयोजक सिके राउतलाई ‘स्वतन्त्र मधेस’ लेखिएको झण्डा देखाएर जनकपुरमा स्वागत गरेका छन् ।
आइतबार दिउँसो काठमाडौंबाट जनकपुर पुगेका राउतलाई उनका समर्थकले विमानस्थलमा पुरानै झण्डा देखाएर स्वागत गरेका हुन् ।राउतलाई विमानस्थलमा स्वागत गर्न पुगेका झण्डै तीन सय कार्यकर्ताले ‘फ्रि मधेस’को ब्यानरर र ज्याकेट लगाएका थिए ।
राउत विमानस्थलमा उत्रिदा समर्थकहरुले उनको पक्षमा चर्को नाराबाजी गरेका थिए । यसअघि सीके राउत सहभागी सार्वजनिक कार्यक्रममा समेत नदेखिएका सुरक्षा गार्ड पहिलोपल्ट विमानस्थलमा देखिएका छन् । विमानस्थलमा सीके राउतको सुरक्षा गर्न ८ जना सुरक्षा गार्ड आएका छन् ।
प्रतिक्रिया