चारवटै सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशनः बाढी प्रभावित क्षेत्रमा आफै खटिनुहोस्

चारवटै सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशनः बाढी प्रभावित क्षेत्रमा आफै खटिनुहोस्


काठमाडाैं–सरकारले बाढी पहिरोको घटनामा परेकाको राहत तथा उद्धार कार्यलाई चार वटै सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ।

 

निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री, रक्षामन्त्री, चारवटै सुरक्षा निकायका प्रमुखसहितको आपत्कालीन बैठकले राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालन गर्ने निर्णय गरेको हो।

 

बैठकमा प्रधानमन्त्री देउवाले चार वटै सुरक्षा निकायका प्रमुखलाई आफै प्रभावित क्षेत्रमा खटिन निर्देशन दिए। राहत तथा उद्धारमा कुनै कसर बाँकी नराख्न उनले मन्त्री र सम्बन्धित निकायलाई पनि निर्देशन दिए।

 

घटनामा हालसम्म ३० जनाको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ।

 

दिनभर राहत उद्धारका लागि स्थानीय प्रशासन र तीनवटै सुरक्षा निकाय लागिरहेको तथा केन्द्रबाट थप मद्दत र सामग्री पठाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको जनाइएको छ।