वडाध्यक्षका उम्मेदवारलाई सिलवालले एमाले प्रवेश गराए

वडाध्यक्षका उम्मेदवारलाई सिलवालले एमाले प्रवेश गराए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर– स्थानीय तहको निर्वाचनमा राप्रपाका तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका राम केसी सहितको टोली बुधबार एमाले प्रवेश गरेको छ । गोदावरी नगरपालिका ९ छम्पीमा बुधबार आयोजित घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले प्रवेश गराएका हुन् ।

 

 

 

 

प्रवेश कार्यक्रममा संयुक्त बाम गठबन्धनका उम्मेदवार सिलवालले देशभक्त, राष्ट्रवादी, प्रगतिशील र बामपन्थी शक्तिहरु बाम गठबन्धनमा ध्रुवीकृत हुनुपर्नेमा जोड दिएका छन् ।

 

 

 

 

कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार चेतनाथ सञ्जेल लगायत एमाले नेताहरु सहभागी थिए ।