विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउने मन्त्रिपरिद्को निर्णय

विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउने मन्त्रिपरिद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बेलुकाको बैठकले उक्त समूहल् आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास सफल नभएको जानकारी गराएका थिए। उनले विप्लव समूहका पछिल्ला गतिविधि एनसेल बम काण्ड, बसुन्धरा बम काण्ड लगायतका विभिन्न क्षेत्रमा चन्द आतंक मच्चाएको व्रिफिङ गरेका थिए ।

पछिल्लो समय उक्त समूहप्रति प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा आक्रामक रुपमा प्रस्तुत हुँदै आएका थिए।