विप्लव माओवादीको पहिलो प्रतिक्रियाः ‘प्रतिबन्ध निर्णयको प्रतिवाद गर्छौ’

विप्लव माओवादीको पहिलो प्रतिक्रियाः ‘प्रतिबन्ध निर्णयको प्रतिवाद गर्छौ’


काठमाडौं – सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले त्यसको प्रतिवाद गर्ने बताएको छ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसाले यो सरकारले लगाएको प्रतिबन्धको राजनीतिक रुपले भण्डाफोर र प्रतिवाद गरिने बताए ।

उनले यो प्रतिबन्ध जनताले लडेर ल्याएको सीमित अधिकार पनि खोस्ने षढयन्त्र भएको भन्दै त्यसको ढटेर सामना गरिने उल्लेख गरे । ‘सरकारले गरेको निर्णले जनताको सिमित अधिकारमाथि नांगो हस्तक्षेप र षड्यन्त्र गर्यो । पार्टीले यसको प्रतिवाद गर्छ ।’

यो प्रतिबन्ध विप्लव निकट नेकपामाथिको प्रतिबन्धमात्रै नभएर परिवर्तनको पक्षमा बोल्ने, राष्ट्रवादी, देशभक्त र परिवर्तनकामी शक्तिमाथि दमनको दुष्चक्र चलाउने र राष्ट्रघाती, देशद्रोही र विखण्डनकारी शक्तिलाई मलजल गर्ने कदम भएको आरोप लगाए ।