गृहमन्त्रालयको प्रवक्तामा सुवेदी,अध्यागमन प्रमुखमा काफलेलाई जिम्मेवारी

गृहमन्त्रालयको प्रवक्तामा सुवेदी,अध्यागमन प्रमुखमा काफलेलाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ –गृह मन्त्रालयले सहसचिवहरुको पदस्थापना गरेको छ । गृहमन्त्राय स्रोतकाअनुसार मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रामकृष्ण सुवेदीलाई दिइएको  छ । शान्ति सुरक्षा महाशाखा गृहमन्त्रालयमा  निकै शक्तिशाली महाशाखाका रुपमा चिनिन्छ ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका सुवेदीलाई केही समयअघि गृहमन्त्री जनार्दन शर्माले गृहमन्त्रालयमा सरुवा गरेका थिए । सुवेदीलाई गृहमन्त्रालयको प्रवक्ताको जिम्मेवारी समेत दिइएको छ ।

 

तत्कालिन गृहमन्त्री शक्ति बस्नेतको पालामा सुवेदी काठमाडौको प्रमुख जिल्ला अधिकारी समेत थिए । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको जिम्मेवादी सम्हाल्दै आएका सहसचिव दिपक काफ्ले  अध्यागमन विभागको महानिर्देशकका रुपमा सरुवा भएका छन । उनि यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी थिए ।