यू –१९ एसिया कप छनोटका लागि टिममा पर्ने यी हुन भाग्यमानी युवा क्रिकेटर

यू –१९ एसिया कप छनोटका लागि टिममा पर्ने यी हुन भाग्यमानी युवा क्रिकेटर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी अण्डर १९ एसिया कप छनोटका लागि नेपालले राष्ट्रीय टोलीको घोषणा गरेको छ । टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरीसहित २७ जना खेलाडीहरु रहेका छन् ।

 

नेपाली राष्ट्रीय टोलीका मुख्य प्रशिक्ष जगत टमाटा र यु– १९ का प्रशिक्षक विनोद दासले प्रारम्भिक टोली घोषणा गरेका हुन । टोलीमा अन्य खेलाडीहरुमा सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् ।

 

 

एसीसी अण्डर १९ एसिया कप छनोटका लागि घोषणा भएको नेपाली टोलीको बन्द प्रशिक्षक अगष्ट १८ बाट सुरु हुने बताइएको छ ।

 

टोलीमा शाहब आलम, अदिल खान, आसिफ शेख, विक्रमकुमार भुसाल, सन्दिप जोरा, रासिद खान, सुसान्त सिंह थापा, नारद यादव र कमल सिंह ऐरी छनोट भएका छन् ।