कांग्रेसका सांसदको एक महिनाको तलब बाढीपीडितलाई उपलब्ध गराइने

कांग्रेसका सांसदको एक महिनाको तलब बाढीपीडितलाई उपलब्ध गराइने


काठमाडाैं–नेपाली कांग्रेसका सांसदहरूले बाढीपीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने भएका छन्।

 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले आफ्ना पार्टीका सांसदको एक महिनाको तलब बाढीपीडितलाई उपलब्ध गराउने निर्णय गरेको हो।
साथै, कांग्रेसले बाढी प्रभावित क्षेत्रमा पीडितलाई बैकल्पिक बासको व्यवस्था गर्न र उनीहरुलाई तत्काल खानेकुरा उपलव्ध गराउन सरकारलाई आग्रह गरेको छ।

बैठकले देशमा आइपरेको प्राकृतिक विपदका बेला पीडितहरुलाई सहयोग गर्न तदारुकताका साथ लाग्न पार्टी पंक्तिका नेता तथा कार्यकर्ता सबैलाई अपील पनि गरेको छ।

 

केन्द्रीय कार्य सम्पादन समितिको २०७४ श्रावण २९ गतेको बैठकको निर्णयहरु

श्रावण २९, २०७४
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेबहादुर देउवाज्यूको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक वस्यो । आजको बैठकले केही दिनदेखिको परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न स्थानहरुमा धनजनको ठूलो क्षति भएको र वाढी पहिरोबाट देशका विभिन्न जिल्लामा जनजिवन अस्तव्यस्त भएको छ । वाढी पहिरोबाट सुनसरी, झापा, सप्तरी, मोरङ्ग, वारा, पर्सा, सर्लाही, वाँके, पाँचथर, दाङ्ग , सिन्धुली, पाल्पा लगायतका जिल्लाहरुमा करीब ५० जना भन्दा बढी व्यक्तिहरुको मृत्यु भइसकेको र ठूलो संख्यामा मानिसहरु वेपत्ता र विस्थापित हुनका साथै कैयौं व्यक्तिहरु घाइते भएका छन् । हजारौ हेक्टर खेतियोग्य जमिन डुवानमा परेको, पहिरो र डुवान÷कटानका कारण सडक यातायात अवरुद्ध भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस सहानुभूति प्रकट गर्दछ । साथै, उद्धार र राहत कार्यलाई प्रभावकारी वनाउन निम्न अनुसारको निर्णय गर्दछ ।

१. वाढी र पहिरोमा परि जीवन गुमाउने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा यो बैठक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । प्राकृतिक विपतको यस घडीमा उद्धार र राहत कार्यमा जुट्न सवै राजनीतिक दल, सुरक्षा निकाय, विभिन्न सामाजिक संघ संस्था, नागरिक समाज, पत्रकार, वुद्धिजीवि, उद्योगपति लगायत सबैमा नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ ।

२. दैवी विपत्तिको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्री खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेस आग्रह गर्दछ । सरकारद्वारा संचालन गरिने उद्धार, राहतका सबै कार्यमा सघाउन पार्टीका सदस्यहरुलाई निर्देश गर्दछ ।

३. वाढी पहिरो प्रभावित जिल्लामा नेपाली कांग्रेसका सबै निकायहरु जिल्लामा पुगी एकीकृत रुपमा उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग प¥याउँदै थप डुबानमा पर्न सक्ने क्षेत्रको पहिचान गरी उक्त क्षेत्रमा उच्च सर्तकता अपनाउने लगायतका कार्यमा जुट्न यो बैठक निर्देश गर्दछ ।

४. बाढी पहिरो पीडितहरुको उद्धार र राहतका लागि नेपाली कांग्रेसका सांसदहरुद्वारा आफ्नो एक महिना बराबरको तलब राहत स्वरुप उपलब्ध गराउने निर्णय गर्दछ ।
५. बाढी, पहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि सरकारसँग आग्रह गर्दछ ।
६. वाढी पहिरोबाट पीडितहरुलाई राहत र सहयोग उपलब्ध गराउन आर्थिक सहयोग जुटाउनका लागि पार्टीको नेपाल बंैंक लि।, कुपण्डोल शाखामा रहेको नेपाली कांग्रेस वाढी पीडित सहयोग कोषको खाता नं। ०१३५—११—००१००७५ मा यथासक्य रकम जम्मा गर्न उद्योगपति, व्यापारी, वुद्धिजीवी, नागरिक समाज, प्राध्यापक, शिक्षक, कर्मचारी, कानून व्यवसायी, विभिन्न पेशा तथा व्यवसायी लगायत पार्टीका कार्यकर्ता, विदेश स्थित नेपाली जनसम्पर्क समिति, पार्टीका समर्थक र शुभेच्छुकहरु सबैलाई हार्दिक आह्वान गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव