शिवम सिमेन्टले एक सेयर बराबर १५.७८ प्रतिशत नगद लाभांश दिने

शिवम सिमेन्टले एक सेयर बराबर १५.७८ प्रतिशत नगद लाभांश दिने


काठमाडौं – शिवम सिमेन्टले आफ्ना लगानीकर्तालाई लाभांश दिने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको प्रतिसेयर १५.७८ प्रतिशत हुन आउने रकम लाभांशको रुपमा दिन आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

लाभांश ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबर हुनेछ । शिवको सेयर गत सातामात्र नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको थियो । कम्पनीले गत फागुनमा सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँका दरले प्राथमिक सेयर निष्काशन गरेको थियो ।