युक्रेन – युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्व प्रधानमन्त्रीले कडा चुनौती दिएका छन् ।
करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका छन् । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ ।
मत सर्वेक्षणमा हास्यकलाकार भोलोडिमिर जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाइएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्को रहेका छन् ।
युक्रेनको संविधान अनुसार कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच आगामी अप्रिल २१ मा दोस्रो चरणको चुनाव हुनेछ । एपी
प्रतिक्रिया