एकै परिवारका चारको हत्या नभइ आत्महत्याः प्रहरी

एकै परिवारका चारको हत्या नभइ आत्महत्याः प्रहरी


बनेपा– काभ्रेपलाञ्चोकको बनेपामा मृत फेला परेका एकै परिवारका चार जनाको हत्या नभइ आत्महत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 

गत साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा चार जनाको शव फेला परेको थियो। तर, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले शव परीक्षणबाट आत्महत्या भएको देखिएको जानकारी दिए। यद्यपी, विस्तृत विवरणका लागि भिसेरा रिर्पोट पर्खनुपर्ने उनले बताए।

 

उनका अनुसार शवको परीक्षण लगत्तै ललितपुरस्थित विधिविज्ञान प्रयोगशाला, खुमलटारमा भिसेरा परीक्षण गर्न लागिएको छ। केही दिनमै प्रतिवेदन आउने प्रहरी उपरीक्षक थापाले जानकारी दिए।

गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहालको शव फेला परेको थियो। मृत फेला परेका बुबाआमा, छोरा र छोरी हुन्। तर स्थानीय बासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्