काटमाठौं – वैशाख ५ गते नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ ।
सोमबार महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो पार्टीले नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेको हो ।
महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिमा ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रममाथि गत फागुन २८ गते राती अंकुश लगाउने काम भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ – ‘ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्यादभित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिनेछ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ ।’
जसको परिणाम कपिलवस्तु शिवपुर निवासी दुर्गा बहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चन्द्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडिबाट गोली हानी घाइते बनाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रम
१. चैत्र २६ — २९ सम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर ।
२. वैशाख २ गते — कोणसभा ।
३. वैशाख ३ गते — अन्तरक्रिया ।
४. वैशाख ४ गते — मशाल जुलुस ।
५. वैशाख ५ गते — नेपाल बन्द ।
६. वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिबन्धित गर्ने ।
प्रतिक्रिया