पोखरा–नेपाली सेनाका एक जवानले आफनै सहकर्मीलाई गोली प्रहार गरेर हत्या गरेका छन् । पोखरामा रहेको नेपाली सेनाको सिद्धिबक्स गणमा कार्यरत सैनिक जवान बसन्त लोहारले प्युठ गणेश विष्टको हत्या गरेका हुन । सैनिक प्रवक्ता सहायकरथी झंकर कडायतले व्यक्तिगत मनमुटावका कारण घट्ना घटेको जानकारी दिएका छन् ।
“प्रारम्भिक अनुसन्धानमा घटना व्यक्तिगत मनमुटावको कारणले भएको देखिन्छ,बाकि अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।” प्रवक्ता कडायतले काठमाडौंपाटीसंग भने ।
कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहकाअनुसार मंगलवार विहान ५ बजे सुतिरहेका बेला विष्टमाथि लोहारले सात राउण्ड गोली हानेका छन् ।
सेनाले लाहोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । विष्ट र लोहार दुवै जना सुदुरपश्चिमका बासिन्दा हुन ।
प्रतिक्रिया