चिनिया उपप्रधानमन्त्रीले किन गरे प्रचण्डको यति धेरै प्रशंसा ?

चिनिया उपप्रधानमन्त्रीले किन गरे प्रचण्डको यति धेरै प्रशंसा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– तीन दिने नेपाल भ्रमणमा रहेका चिनीया उपप्रधानमन्त्री  वाङ याङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका छन् । काठमाडौंको होटल सोल्टीमा करिव १ घण्टा भएको  भेट वार्तामा चिनिया उपप्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुदा दुई देशको सम्वन्ध सुदृढ गर्न खेलेको भुमिकाको प्रशंसा गरेका छन् ।

 

उनले दुई पार्टीको विचको सम्बन्ध निकै घनिष्ट भएको भन्दै यसलाई अझै उच्च तहमा पुर्याउनुपर्नेमा जोड समेत दिएका थिए । उपप्रधानमन्त्री याङले नेपालको रेलवे,पुर्वाधार र आर्थीक विकासमा चीनले नेपाललाई सघाउने प्रतिवद्धता पनि भेटमा गरेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले दुई देशको सम्बन्धलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।

 

अध्यक्ष प्रचण्डसहित भेटवार्तामा वरिष्ठ नेताहरु नेता नारायणकाजी श्रेष्ठ,रामबहादुर थापा,कृष्णबहादुर महरा,शक्तिबहादुर बस्नेत,देव गुरुङ,टोपबहादुर रायामाझी,अग्नी सापकोटा,माृतका यादव,पम्फा भुषाल र मणी थापा सहभागी थिए ।

 

उपप्रधानमन्त्री याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा अघी प्रचण्डलाई भेटेर महत्व दिएको चर्चा चलिरहेका बेला याङले दुई देश र पार्टीको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको प्रशंसा गरेका हुन ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला चीन भ्रमणमा जादा बेइजिङमा नै याङसंग गम्भिर वार्ता गरेका थिए ।