काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले आफूविरुद्ध सञ्चार माध्यममा गलत प्रचार भएकोप्रति आपत्ति जनाएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिव पौडेलले जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित/प्रसारित भएकोमा दुख लागेको बताएका छन् ।
केहि सञ्चार माध्यममा महासचिव पौडेलको नाम जोडेर मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा रहेको आठ आना जग्गा खरिद गरी हिनामिना गरेको समाचार छापिएको थियो ।
उनले सो समाचारको खण्डन गर्दै समाचारमा उल्लेख भएजस्तो जग्गा हिनमिनामा म र परिवारको कुनै संलग्नता नरहेको विज्ञप्तिमा स्पष्ट पारेका छन् ।
‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रे्रस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया