सशस्त्र प्रहरीमा भर्ना खुल्यो, थप २ हजार ५ सयले जागिर पाउने

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, थप २ हजार ५ सयले जागिर पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बलमा विभिन्न पदमा भर्ना खुलेको छ । सशस्त्रले मंगलवार एक सुचना प्रकाशित गर्दै  २५ सय जनाका लागि भर्ना खोलेको हो । जसमा प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारी माग गरिएको छ । सशस्त्रले सशस्त्रको मुख्यालय हलचोक, पाचै विकास क्षेत्रमा रहेका बाहिनी र तालिम केन्द्रबाट दरखास्त दिन सकिने जनाएको छ । दरखास्त दिने अन्तिम समय भदौ २८ सम्म तोकिएको छ ।

 

 

सशस्त्रमा जवान हुनको लागी ८ कक्षा पास भएको हुनुपर्ने प्रावधान छ ।

 

सशस्त्र प्रहरीले २३ सय जना जवान मात्रै माग गरेको छ । जसमा खुलातर्फबाट १ हजार २ सय १९ जना माग गरिएको छ भने बांकी ३ सय ३१ जना आदिबासी जनजाति, मधेसी २ सय ९०, दलित १ सय ५५, पिछडा वर्ग ५२ जना र अमर तथा अशक्त सशस्त्र परिवारको परिवारका लागि ४६ कोटा छुट्टाइएको छ ।

थप जानकारीको लागी यो लिङक क्लिक गर्नुहोस ।

http://www.apf.gov.np/files/attachments/59925c1cbb322.pdf