जनकपुरधाम – संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री विजय यादव निर्वाचित भएका छन् । निर्वाचित विजय पार्टीको केन्द्रीय कोषाध्यक्ष समेत हुन् । प्रदेश २ को अध्यक्ष चुन्न सोमबार राति सिरहाको लहानमा मतदान गरिएको थियो । उनको प्रतिस्पर्धामा यसअघिका अध्यक्ष रेणु यादवसँग थियो ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका विजयले रेणु यादवलाई ३७ मत अन्तरले पराजित गरे । विजयले १ सय ८४ मत पाए भने रेणुको पक्षमा १ सय ४७ मत पर्यो । प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । अध्यक्ष र सदस्यको निर्वाचन भएपश्चात १० जना मनोनित गरिनेछ ।
जसमा तीन जना उपाध्यक्ष, एक जना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्ष चयन गरिने संघीय समाजवादी पार्टीले जनाएको छ ।
प्रतिक्रिया