एजेन्सी – भारतको महाराष्ट्र राज्यमा माओवादीले आक्रमण गर्दा १६ जना सुरक्षाकर्मीको मृत्यु भएकोे छ। माओवादी लडाकुले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराएका हुन् नेपाली समय अनुसार बुधबार दिउँसो पौने १ बजे सुरक्षाकर्मी लक्षित गरी भएको आक्रमणमा अरु १० जना घाइते भएका छन् ।
#UPDATE Maharashtra: 10 security personnel injured in an IED blast by naxals in Gadchiroli. The blast was executed by naxals on a police vehicle which was carrying 16 security personnel. pic.twitter.com/PXBJaqPuF1
— ANI (@ANI) May 1, 2019
महाराष्ट्रको गढचिरौलीमा माओवादीहरूले प्रहरीको टोली चढेको गाडीमा आक्रमण गरेका थिए। सो गाडीमा महाराष्ट्र राज्यको विशेष सुरक्षादल सी-६० का १६ जवान चढेको बताइएको छ। माओवादीले दुई दर्जनभन्दा बढी गाडी जलाएको सूचना पाएपछि प्रहरी घटनास्थलमा जाँदा उक्त साङ्घातिक आक्रमण भएको थियो।
माओवादी विद्रोहलाई नियन्त्रण गर्न महाराष्ट्र प्रहरीले सी-६० नामक सो विशेष सुरक्षाबल बनाएको थियो। भारतीय सुरक्षाकर्मीले नक्सबाडीको विद्रोह दमन गरेको भए पनि पछि माओवादीहरू सङ्गठित भए र पूर्वी तथा मध्य भारतको ठूलो क्षेत्रमा फैलिएका थिए ।
प्रतिक्रिया