एजेन्सी – भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोले निरन्तर हडताल र विरोध प्रदर्शनको आह्वान गरेका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई सत्ताबाट हटाउनका लागि विपक्षी समर्थक प्रदर्शनकारीहरूले सरकारी फौजसँग हिंसात्मक झडपहरू भएको भोलिपल्ट बुधवार पुन ठूला प्रदर्शन जारी राखेका थिए ।
राजधानी काराकासमा प्रदर्शनकारी र सुरक्षाकर्मी्बिच बुधबार झडप हुँदा एक महिलाको ज्यान गएको थियाे । बुधबार विपक्षी नेता गुएडोले सैन्य कू को प्रयास गरेको र त्यो असफल रहेको राष्ट्रपति मादुरो पक्षले आरोप लगाएको थियो । तर अमेरिकाले भने मादुरो भागेर क्युवा जाने तयारीमा रहेको भए पनि अन्तिम समयमा रुसको आग्रहमा नगएको दाबी गरेको छ । यो दाबी मादुरोले खारेज गरेका छन् । गुएडो पक्षले भने मादुरोको ‘इनर सर्कल’ का तीन सदस्य उनलाई सत्ताबाट हटाउने पक्षमा सहमत भएको र पछि आफ्नो निर्णयमा अडिग रहन नसकेको दाबी गरेको थियो ।
मादुरो विरुद्ध हुँदै आएको प्रदर्शनको नेतृत्व गर्दै आएका विपक्षी नेता गुएडोले देशको सेनासँग मादुरोको शासन अन्त्यका लागि सहयोग गर्न अपिल गरेपछि विकसित भएको घटनाक्रम हुन् । अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले भेनेजुएली राष्ट्रपति मादुरो मंगलबार देश छोडेर क्युवा जाने तयारी रहेको तर रुससँग उनको कुरा भएपछि उनी क्युवा नगएको बताएका पोम्पेओले यसबारे कुनै प्रमाण र अरु थप विवरण भने खुलाएका छैनन् । राष्ट्रपति मादुरोले स्थानीय समय अनुसार मंगलबार बेलुका टेलिभिजन मार्फत सम्बोधन गर्दै आफ्नो मनोवैज्ञानिक जित प्रस्तुत गरे । उनको साथमा सैन्य कमाण्डरहरु थिए । उनले अमेरिकी ‘कठपुतली’ माथि आफूले विजय प्राप्त गरेको दाबी गरेका छन् ।
गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शना गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ । मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ । केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।
मदुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्छन्। ग्वाइदोले आफूलाई अन्तरिम राष्ट्रप्रमुख घोषणा गरेसँगै उनको सम्पत्ति रोक्का गरिनुका साथै देश छाड्न समेत प्रतिबन्ध लगाइएको थियो। तर त्यसलाई उल्लङ्घन गर्दै मानवीय सहायता भित्र्याउने तथा मदुरोविरुद्धको आन्दोलनका लागि समर्थन जुटाउने उद्देश्य लिएर ग्वाइदो फेब्रुअरी महिनामा ल्याटिन अमेरिकी देशको भ्रमणमा गएका थिए।
उनी पक्राउ पर्नसक्ने जोखिममाझ मार्च महिनाको पहिलो साता स्वदेश फर्किए। ग्वाइदो स्वदेश फर्कनुअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै मदुरो प्रशासनलाई सचेत गराएका थिए। चरम आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलामा राजनीतिक सङ्कट पनि थपियो। केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले हुवान गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएपछि त्यहाँको राजनीतिक सङ्कट झन् जटिल बनेको हो। तर उनको नेतृत्वमा भेनेजुएलाको अर्थतन्त्र धराशायीजस्तै हुन पुगेको छ।
राष्ट्रपति मदुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका थिए। तर भेनेजुएलाका सैन्य फौजले मदुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका थिए। भेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख गुआइदोले आफूलाई निमित्त नेता घोषणा गरेका हुन्। मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका छन्। विदेशीको चलखेल गराएर गुआइदोले आफ्नो सत्ता हत्याउन खोजेको आरोप उनले लगाएका छन्।
प्रतिक्रिया