काठमाडौं– नेपाल प्रहरीमा आधा दर्जन एसएसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको नेतृत्व समेत परिवर्तन गरेको छ ।
प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुख वसन्त लामा र अपराध महाशाखाका प्रमुख रहेका धिरजप्रताप शाहलाई हटाइएको छ । प्रहरी प्रधान कार्यालयले काठमाडौंमा एसएसपी उत्तमराज सुवेदी र महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापालाई जिम्मेवारी दिएको छ ।
सिंह र लामाको कार्यक्षमता कमजोर देखिएको भन्दै उनिहरुको ठाउंमा सुवेदी र थापालाई जिम्मेवारी दिइएको स्रोतको दाबी छ ।
यसअघि प्रहरीको केन्द्रिय प्रवक्ता रहेका सुवेदी नेपाल प्रहरीभित्र व्यवसायिक अधिकारीका रुपमा चिनिन्छन् । सुवेदी अपराध अनुसन्धानमा समेत अब्बल मानिन्छन् । त्यसैगरी विराटनगरस्थित तालिमकेन्द्रमा रहेका एसएसपी थापाले पनि काभ्रे,चितवनलगायतको जिल्लाको नेतृत्व सम्हालिसकेका छन् ।
प्रहरी प्रधान कार्यालयलयले हालका काठमाडौं प्रहरी प्रमुख लामालाई लागू औषध नियन्त्रण व्यूरोमा सरुवा गरेको छ । त्यसैगरी तालिम निर्देशनालयमा धिरजप्रताप सिंह, विराटनगर तालिम केन्द्रमा पुरुषोत्तम कंडेल र केन्द्रिय प्रवक्तामा एसएसपी उमेशराज जोशीले जिम्मेवारी पाएका छन् ।
सिंह,लामा र सुवेदी डिआईजी बढुवाको लागी चर्को लविङ्गमा थिए । तर, उनकै ब्याचका एसएसपी विश्व पोखरेल एक्लै डिआईजी बढुवा भएपछि सिंह र लामा असन्तुष्ट थिए ।
प्रतिक्रिया