एजेन्सी – मध्य अमेरिकामा पर्ने ग्वाटेमालामा प्रहरीेले जेलभित्रै अन्दाधुन्दा गोली चलाउंदा ७ कैदीको मृत्यु भएको छ। राजधानी ग्वाटेमाला सिटीस्थित पाभोन जेलमा कैदहरुबीचको भएको हिंस्रक झडपलाई नियन्त्रणमा लिन प्रहरीले जेलभित्रै गोली प्रहार गर्नुपरेको जनाइएको छ।
प्रहरीको गोली लागेर अन्य २० जना घाइते भएका छन्। स्थितीलाई नियन्त्रणमा लिन उक्त जेलमा १५ सय सेना तथा प्रहरी खटाइएको थियो। एक हजार कैदी राख्ने क्षमताको उक्त जेलमा ४ हजार कैदीहरु राखिएका छन्।
अधिकारीहरुका अनुसार मंगलबार दुई कैदीको झडपले विभिन्न समूहबीच हिंस्रक झडपको अवस्था निम्तिएको थियो। मंगलबार ८ घन्टासम्म जेलमा झडप भएको जनाइएको छ। १५ सयन सेना तथा परिचालन भएपछि भने अवस्था नियन्त्रणमा आएको हो।
प्रतिक्रिया