सात नम्बर प्रदेशमा सरकार गठन, झपड बोहराले पाए अर्थमन्त्रालयको जिम्मेवारी

सात नम्बर प्रदेशमा सरकार गठन, झपड बोहराले पाए अर्थमन्त्रालयको जिम्मेवारी


धनगढी– प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले सपथ ग्रहण गरेका छन् । भट्टको सपथसंगै उनको मन्त्रिमण्डलले समेत पुर्णता पाएको छ । ७ नम्बर प्रदेशमा एमाले र माओवादी केन्द्रका ६ जना मन्त्रीले पदभार सम्हालेका छन्।

एमालेबाट संसदीय दलका नेता समेत रहेका प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्री बनेका छन् । एमालेकै पठानसिह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा बातावरणमन्त्री बनेकी छन् ।

मुख्यमन्त्रीका दावेदार रहेका माओवादीका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनि बैंकिङ क्षेत्रमा स्थापित छन् । बोहरालाई मुख्यमन्त्री बनाउन चर्को लविङ थियो ।

अछामबाट निर्वाचित नेता बोहरा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समेत हुन । माओवादीले थारु समुदायबाट विनीता चौधरीलाई भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्री बनाएको छ । माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले माओवादीबाट मन्त्रीहरुको टुंगो लगाएका हुन ।