जनतालाई सरकारको अनुभुती गराउने गरी काम गर्छु:मुख्यमन्त्री त्रिलोचन भट्ट

जनतालाई सरकारको अनुभुती गराउने गरी काम गर्छु:मुख्यमन्त्री त्रिलोचन भट्ट


धनगढी -प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ६ जना प्रदेश मन्त्रिहरुले सपथ आज पद तथा गोपनियताका सपथ ग्रहण गरेका छन् । प्रदेश नम्वर ७ का प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री सहित नवनियुक्त ६ जना प्रदेश मन्त्रीहरुलाई आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शनिबार दिउसो ३ बजेका लागी सपथ ग्रहणको कार्यक्रम राखीएको भएपनि दलहरु को भागबन्डा नमिल्दा झन्डै २ घण्टा पछाडी सपथको कार्यक्रम सुरु भएको थियो ।

सबै मन्त्रीहरुलाई प्रदेश प्रमुख मल्लले सपथ गराएका हुन । यो संगै प्रदेश नं ७ मा बामगठबन्धनको सरकारमा माओवादीवाट मुख्यमन्त्री सहित थप २ जना र एमालेवाट ४ जना सासंदहरुले मन्त्रालयको जिम्मा पाएका छन् । यो सँगै मन्त्रीपरिषद पाउने प्रदेश नम्बर ७ पहिलो प्रदेश बनेको छ ।

सपथ ग्रहणपछी पत्रकारहरुसंग बोल्दै मुख्य मन्त्री भट्टले – यस क्षेत्रको विकाशका लागि शुशासन , बिकास , जनभाबना अनुसार काम गर्ने बताए । उनले भने – यो अबसर एतिहासिक अबसर भएकोले अब आउने चुनौती र अबसर दुबैलाई समाना गरेर अगाढी बढछु । “जनतालाई सरकारको अनुभुती गराउने गरी काम गर्छु” उनले भने-यहाको जनताको भाबना अनुसार ,सबै क्षेत्र ,जाती ,लिङको भाबना अनुसार नै काम गर्न प्रतीबध छु ।

सपथ ग्रहण गरेका सबै मन्त्रीहरुको लागी स्थानिय प्रशाशनले गाडीको ब्यबस्था समत गरेको छ ।सपथ ग्रहण लगतै मुख्यमन्त्री भट्ट कडा सुरक्षा स्कर्टिङमा धनगढी चटकपुरमा रहेको सहिद गेट पुगेका थिए । स्कर्टिङमा आएका मुख्य मन्त्री कुन गाडीमा छन भनेर सहिद गेटमा रहेका प्रहरीहरु केहीबेर अलमलमा परेका थिए ।

मुख्य मन्त्री हेर्न सहिद गेटमा सर्बसाधारणको भिड लागेको थियो । मुख्यमन्त्री आएको केही बेरमा अन्य सबै मन्त्रीहरुले धनगढीको चटकपुर स्थित शहिद दशरथचन्दको शालिकमा माल्र्यापर्ण गरेका छन ।

को हुन् त्रिचोचन भट्ट ?
डोटी जिल्लाको साविक भूमिराजमाण्डौ गाविस वाड नं ८ फलेडीका ४८ वर्षीय मुख्यमन्त्री भट्ट बुवा प्रसाद भट्ट र आमा सारदा भट्टको साहिलो छोरा हुन । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका भट्ट कमजोर पारिवारिक अवस्थाकै कारण ८ कक्षाको पढाई छोडेर १४ बर्षकै उमेरमा कामको खोजीमा भारत पसेका थिए ।

भारतको पञ्जावमा ५ वर्ष र मुम्बईमा १२ वर्ष गरी १७ वर्षसम्म चौकीदार (सेक्युरिटी गार्ड) का रूपमा काम गरेका भट्ट २०४७ सालबाट अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनीति सुरु गरेका हुन् । माओवादी जनयुद्धको तयारी तथा प्रवासबाट गरिने बिभिन्न व्यवस्थापकीय पक्षमा सहयोग गर्दै आएका भट्ट २०५६ सालबाट कम्पनीको जागिर छोडेर पूर्णकालिन राजनीतिमा होमिए ।

२०५६ पछि उनी प्रवासबाटै जिल्ला कमिटी डोटीको सदस्य तथा क्षेत्रीय ब्यूरो सदस्य बने । २०५८ सालबाट त्रिलोचन भट्ट माहाराष्ट्र मुम्बैको नेपाली जनअधिकार सुरक्षा समितिमा रहेर काम गरेका थिए । २०६१ सालमा पार्टीले उनलाई नेपालमा पठाउने निर्णय गरेपछि उनी नेपाल फर्किएर भूमिगत भएर काम गर्न थाले ।

२०६२ सालमा माओवादीको डोटी जिल्ला सचिव रहेका त्रिलोचन भट्ट २०६३ मा डोटी जिल्ला सह इन्चार्ज भए । २०६४ मा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका उनी २०७१ देखि हालसम्म नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य रहेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं १ बाट चुनाव लडेका भट्ट २०७० सालमा दोश्रो संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं २ बाट चुनाव लडेका थिए । दुुबै निर्वाचनमा हार ब्यहोरेका भट्ट यस पटक बामगठवन्धनको तर्फबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदबार योगेन्द्र शाहीलाई २७ सय मतान्तरले पराजित गर्दै बिजयी भए ।