बैंकिङ क्षेत्रको चुक्ता पुंजी दुुई खर्ब ६२ अर्ब नाघ्यो

बैंकिङ क्षेत्रको चुक्ता पुंजी दुुई खर्ब ६२ अर्ब नाघ्यो


काठमाडौं – बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी दुुई खर्ब ६२ अर्ब ७० करोड रुपैयां पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी उक्त अनुपातमा पुुगेको हो ।

राष्ट्र बैंककका अनुसार २०७१ असारसम्म बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी एक सय २९ अर्ब ४० करोड रुपैयां रहेको थियो भने २०७२ असारमा यस्तो चुक्ता पुंजी एक सय ४१ अर्ब ७० करोड रुपैयां रहेको थियो । यसैगरी २०७४ असारमा सबै किसिमका बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी दुुई सय २६ अर्ब ९० करोड रुपैयां रहेकोमा २०७४ पुस मसान्तसम्म यस्तो चुक्ता पुंजी बढेर दुुई सय ६२ अर्ब ७० करोड रुपैयां पुुगेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७२÷०७३ को मौद्रिक नीतिमार्फत न्यूनतम दुुई अर्ब रुपैयां चुक्ता पुंजी भएका वाणिज्य बैंकहरुलाई आठ अर्ब, न्यूनतम ६४ करोड रुपैयां चुक्ता पुंजी भएका राष्ट्रियस्तरका विकास बैंकहरुलाई दुुई अर्ब र न्यूनतम २० करोड रुपैयां चुक्ता पुंजी भएका फाइनान्स कम्पनीहरुलाई न्यूनतम ८० करोड रुपैयां चुक्ता पुंजी पु¥याउन निर्देशन दिएपश्चात् सिंगो बैंकिङ क्षेत्रको चुक्ता पुंजी बढेको हो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पुुस मसान्तसम्म २८ वटा वाणिज्य बैंकहरुको कुुल चुक्ता पुंजी दुुई सय १६ अर्ब २० करोड, २६ वटा विकास बैंकहरुको चुक्ता पुंजी २४ अर्ब ९० करोड र २५ वटा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी ११ अर्ब ६० करोड रुपैयां पुुगेको छ । यसबीचमा अझै पनि केही बैंक तथा फाइनान्सहरुले न्यूनतम चुक्ता पुंजी कायम नगरेकाले त्यस्ता संस्थाले समेत न्यूनतम चुक्ता पुंजी कायम गर्दा सिंगो बैैंकिङ क्षेत्रको कुुल चुक्ता पुंजी अझ बढ्ने राष्ट्र बैंकले जनाएको छ ।