काठमाडौं– नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी निरञ्जन कुमार श्रेष्ठले दज्र्यानी चिन्ह लगाएका छन् । जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दज्र्यान्ही चिन्ह प्रदान गरेका हुन् ।
निरीक्षण निर्देशनालयका निर्देशक रहेका श्रेष्ठ गत वैशाख २३ गते बसेको मन्त्रीपरिषद्को वैठकबाट उपरथीमा बढुवा भएका थिए । उपरथी श्रेष्ठलाई उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ ।
प्रतिक्रिया