प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला डोक्लामबारे छलफल हुने भारतिय अधिकारीको दाबी

प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला डोक्लामबारे छलफल हुने भारतिय अधिकारीको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भारतको राष्ट्रीय सुरक्षा सल्लाहकार बोर्ड (एनएसएबी) का सदस्य जयदेव रानडेले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा डोक्लाम प्रकरण मुख्य ऐजेण्डा वन्ने दावी गरेका छन् । नेपालखवर डटकमसंगको अन्र्तवार्तामा उनले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा दुईवटा मुख्य ऐजेण्डा हुने र त्यसमा पहिलो दोक्लम विवाद र दोस्रो भारतिय प्रधानमन्त्रीको सहयोग खोज्नेमा केन्द्रीत हुने बताएका छन् ।  

 

रानडेले चिनिया उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणको मुख्य ऐजेण्डा पनि डोक्लाम प्रकरण नै भएको दावी गरेका छन् । भारत भ्रमणको अन्तमा आउने संयुक्त वक्तव्यमा पनि यो विषयले प्रवेश पाउन सक्ने रानडेले संकेत गरेका छन् । तर,नेपालले निजी रुपमा समर्थन जनाए संयुक्त वक्तव्यमा त्यो विषय नराखेपनि कुनै फरक नपर्ने उनको भनाई छ ।

 

दिल्लीस्थित सेन्टर फर चाइन एनलाइसिस एण्ड स्ट्राटेजीका अध्यक्ष समेत रहेका रानडेले नेपालको भूराजनीतिक महत्व बढेको बताए । उनले अन्र्तवार्तामा भनेका छन् “यदि तपाई भुराजनीतिक कोणबाट हेर्नुहुन्छ भने नेपाल अहिले सुन्दर युवतीजस्तै छ ,जसलाई चीन र भारत दुवैले चाहिरहेका छन् ।”

 

भारतको मन्त्री परिषद् सचिवालयका पूर्व अतिरिक्त सचिव रानडे दिल्लीमा सुरक्षा मामिला विश्लेषक तथा चीन विशेषज्ञका रुपमा चिनिन्छन् ।  

 

पुरा अन्र्तवार्ता हेर्न यो लिंकमा क्लिक गर्नुहोस –     https://nepalkhabar.com/np/news/interview/21387/