विप्लव समूहमा लागेको भन्दै वकिल पक्राउ, बारको आपत्ती

विप्लव समूहमा लागेको भन्दै वकिल पक्राउ, बारको आपत्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोसियसनले विद्यार्थीसंगठनहरूले आयोजना गरेको पत्रकारसम्मेलनबाटै विप्लव माओवादी निकट अखिलक्रान्तिकारीका अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले गरेको पक्राउ गैरकानुनी भएको भन्दै विरोध जनाएको छ । उनलाई विनाशर्त रिहाइ गर्न पनि बारले माग गरेको छ ।

शुक्रबार ढकाललाई अनामनगरस्थित यूनियन हाउसमा भएको पत्रकार सम्मेलनबाटै प्रहरीले पक्राउ गरेको थियो । ढकाल अखिलक्रान्तिकारीका अध्यक्षमात्र होइन ललितपुर जिल्ला अदालत बार इकाइका सदस्य पनि हुन् । नेपाल बार एशोसिएशनले आइतबार उनको रिहाइ माग गर्दै विज्ञप्ति निकालेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अधिवक्ता चिरञ्जीवी ढकाललाई गैरकानुनीरूपमा गरिएको गिरफ्तारसम्बन्धमा आवश्यक छानविन गरी घटनामा संलग्न दोषी उपर कानुनी कारवाही गर्न र गिरफ्तार गरिएका अधिवक्ता ढकाललाई बिना शर्त तत्काल रिहाई गरी कानुनव्यवसायीको स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक र कानुनीहकको प्रत्याभूती गर्न सरोकारवाला निकाय समक्ष नेपालबार एशोसिएशन माग गर्दछ ।’

कानुनव्यवसायीको स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने हक खोसिएको भन्दै बारले उनको पक्राउको विरोध गरेको हो ।