सोमबार साँझ भएको बम बिस्फोटमा ४ प्रहरी मारिए

सोमबार साँझ भएको बम बिस्फोटमा ४ प्रहरी मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् ।

प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छन । सिभिल अस्पताल क्वेटाका प्रवक्ता वसिम बाइजले चार जना प्रहरीको मृत्यु भएको र घाइतेमध्ये एकको अवस्था निकै गम्भीर रहेको जानकारी दिए ।

प्रान्तका प्रहरी प्रमुख मोहसिन हसन बटले मस्जिद बाहिर सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी बम बिस्फोट गराइएको बताए । मस्जिदमा साँझको समय स्थानीयहरु नमाज पढ्न लागेकै समय बिस्फोट भएको थियो ।

उनले मस्जिद बाहिर पार्किङ गरिएको मोटरसाइकलमा बम राखेर दूर नियन्त्रित साधन (रिमोट कन्ट्रोल)बाट बिस्फोट गराएको देखिएको बताए । निकै शक्तिशाली देखिएको उक्त बिस्फोटबाट चारवटा सवारी साधनका साथै नजिकका दर्जनौं पसलमा क्षति पुगेको छ ।

प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा एवं भत्र्सना गरेका छन् ।