एजेन्सी – सिंगापुरको स्कुट एयरवेजको एउटा विमानमा अचानक आगो लागेको छ । १६१ जना यात्रु बोकेर उडिरहेको विमानको इन्जिनमा आगो लागपछि भारतको चेन्नाइमा आकस्मिक अवतरण गरिएको हो ।
एसीओ ५६७ तमिलनाडुको तिरुचिरापल्लीदेखि सिंगापुरका लागि उडेको थियो ।
विमानको इन्जिनमा आगो लागेको सबैभन्दा पहिला यात्रुले देखेका थिए । यो सूचना क्याबिन क्रूमार्फत पाइलटसमक्ष पुगेको थियो । सूचना पाउनासाथ पाइलटले सुझबुझपूर्ण निर्णय लिए । विमानको दाहिने तर्फको इन्जिनमा आगो देखिएपछि यात्रु आत्तिएका थिए ।
पाइलटले तत्कालै नजिकैको विमानस्थलमा सम्पर्क गरी आकस्मिक अवतरण गराएका हुन् । विमानमा रहेका सबै १६१ यात्रु सकुसल छन् । के कारणले आगो लागेको भनेर प्राविधिकहरुले विमानको जाँच गरिरहेका छन् ।
केही समय अघि म्यानमारको मन्डाले अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यस्तै आकस्मिक अवतरण भएको थियो । त्यतिबेला पाइलटले सुझबुझपूर्ण रुपमा ८९ यात्रुको ज्यान जोगाएका थिए ।
प्रतिक्रिया