विप्लपका कार्यकर्ता काठमाडौंबाट पक्राउ

विप्लपका कार्यकर्ता काठमाडौंबाट पक्राउ


काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौका विभिन्न क्षेत्रबाट विप्लव समूहको शंकरदेव कलेजस्थित विद्यार्थी संगठनका नेता नरेन्द्रबहादुर भण्डारी,अक्षयकुमार राई, सन्तोष खड्का र विक्रम केसी छन् ।

पार्टी काममा खटिरहेका बेला आफ्ना वरिष्ठ नेता र कार्यकर्तालाई प्रहरीले बिनाकारण गिरफ्तार गरी हिरासतमा राखेको विरोधमा आज (मंगलबार)नेपाल बन्दको घोषणा गरेको हो । त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै विभिन्न स्थानमा सवारी साधनमाथि आगजनी र तोडफोड भएको छ । काठमाडौंको मध्यबानेश्वरमा एक सरकारी गाडीमा आगजनी गरेका छन् ।

नवलपरासीको नवलपुरमा बन्द अटेर गरी चलाइएको ३ वटा गाडीमाथि तोडफोड गरेको छ । काठमाडौंमै बन्दमा चलाएका ट्याक्सी र माइक्रोबसलाई तोडफोड गरेर चेतवानीसहित फिर्ता पठाइएको नेकपाले जनाएको छ ।  महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बन्दकर्ताले ओखलढुंगा जिल्ला अदालतको गाडीमा सामान्य क्षति र्पुयाएको बताए । बन्दकर्ताले तिनकुनेको सुविधानगरस्थित बागमती नदीको किनारमा समेत शंकास्पद वस्तु राखेका थिए ।