महामन्त्री कोइराला भन्छन्–अब कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ

महामन्त्री कोइराला भन्छन्–अब कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ


चितवन–नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन गर्नुुपर्ने बताएका छन्।

‘पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ,’ चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै
उनले भने।

वाम एकताले कांग्रेसलाई चुनौती थपको उल्लेख गर्दै कोइरालाले भने, ‘हामीले आफ्नो पार्टीलाई जोगाएर लानुपर्छ।’

अब काँग्रेस संगठित हुने सम्भावना बढिरहेको बताउँदै उनले यो एकताले पनि कांग्रेसलाई तपाईंहरु आफ्नो पार्टीलाई ठीक गर्नुस् भन्ने सन्देश दिएको बताए।