ब्यापक आलोचना भएपछि मेक्सिकोकी एक मन्त्रीले दिइन् पदबाट राजिनामा

ब्यापक आलोचना भएपछि मेक्सिकोकी एक मन्त्रीले दिइन् पदबाट राजिनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – मेक्सिकोकी एक मन्त्रीले पदबाट राजिनामा दिएकी छन् । मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्कोले आफ्ना कारण अन्य व्यवसायिक उडान प्रभावित भएको भन्दै राजिनामा दिएकी हुन् । उनी सवार विमानका कारण अन्य विमान आधा घण्टा बढी ढिलो भएपनि पदबाट राजिनामा दिएको द न्यु वर्क टाइम्सले जनाएको छ ।

उनी एक हप्ताभित्रै राजिनामा दिने दोस्रो मन्त्री हुन् । शनिबार उनी सवार विमानका कारण अरु विमानको उडान प्रभावित भएपछि ब्यापक आलोचना भएको थियो । सरकारकी कामको शिलशिलामा जाने क्रममा मेरो कारण अन्य व्यवसायिक जहाजको उडान प्रभावित भएकाले पदबाट राजीनामा दिएकी छु, माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले भनेकी छन् ।

२०१८ डिसेम्बरमा राष्ट्रपतिमा निर्वा्चित भएपछि लोपेज ओब्राडोरले सरकारले विशेषाधिकार नलिने र कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता गरेको समाचारमा जनाइएको छ ।