पेरुमा ८ म्याग्नेच्युडको भूकम्प गयो

पेरुमा ८ म्याग्नेच्युडको भूकम्प गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण अमेरिकी मुलुक पेरूमा ८ म्याग्नेच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा भूकम्प गएको हो ।

सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ ।

कतिपयले तीन मिनेटसम्म भूकम्पको धक्का महशुस भएको बताएका छन् । राजधानी लिमामा रहेका पत्रकार जरेड वादेले ट्वीटरमा लेखेका छन्, ‘पेरूमा निकै ठूलो धक्का महशुस भयो । ओछ्यान हल्लिएपछि ब्युझें ।’

भूकम्पले हल्लाएपछि लिमावासी मध्यरातमा सडकमा निस्किएका छन् । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।