काठमाडौं – नेपाली सेना र अमेरिकी सेनाको युएस आर्मी प्यासिफिक (यूएसएआरपीएसी)यूससंगको सह-आयोजकत्वमा पोखराका विभिन्न स्थानमा सञ्चालन भएको डिजास्टर रेक्सपोन्स एकसाइज एण्ड एक्सचेन्ज ड्रिको प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गरेका छन् ।
आइतबार पोखराको होटेल ग्राण्डीमा प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच समापन गरेका हुन् । सोहि क्रममा आजै उनले नेपाली सेनाको हालसम्मको तैनाथीहरु मध्ये सबैभन्दा अग्लो स्थानमा तैनाथ रहेको मुस्ताङ जिल्लास्थित बज्रदल गण अन्तरगत सुरक्षा गुल्म थुर्लुङ्गफाँटको समेत स्थलगत निरीक्षण गरेक थिए ।
नेपाली सेना, अन्य सुरक्षा निकायहरुका प्रतिनिधि, विभिन्न मित्रराष्ट्रहरुका सेना, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि गरी जम्मा १९१ जना शिक्षार्थीहरु सहभागी गराई जेष्ठ ५ गतेदेखि उक्त तालिमको शुभारम्भ भएको थियो । पहिलो चरण अन्तर्गत २०७६ जेठ ५ र ६ गते विषयबस्तु एकसपोर्ट एकसचेन्ज सिमीबाट प्रस्तुतिकरण र दोश्रो चरण अन्तर्गत जेठ ७ र ८ गते टेवल टप एक्साइज टीटीएक्स जेठ ९ गते स्पोटिङ इभेन्टस तथा सांस्कृतिक कार्यक्रम र जेठ १० र ११ गते फिल्ड टेड्रिङ एक्साइज (एफटीएक्स) संचालन भएको थियो ।
उक्त समापन समारोहमा प्रधानसेनापति थापाले तालिम संचालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मित्रराष्ट्र अमेरिकाको यूएस आर्मी प्यासिफि क यूएसएआरपीएस लाई धन्यवाद ज्ञापन गर्दै विगतका दिनहरुमा भएका विभिन्न प्राकृतिक प्रकोपहरुबाट नेपाली सेनाले सिकेका पाठहरु अन्य राष्ट्रहरुमा विपद् न्युनिकरण गर्न अपनाएका अवधारणाहरु र सहभागी राष्ट्रहरुको अनुभवलाई आदनप्रदानले भविष्यमा आउन सक्ने जस्तोसुकै प्रकृति प्रकोपलाई सहज ढंगबाट निर्वाह गर्नुको साथै विभिन्न खोज, उद्धार तथा राहतका कार्यलाई सहज एवं प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
सम्बोधनकै क्रममा उले प्राकृतिक प्रकोपले विश्वका विकसित एवं विकासोन्मुख राष्ट्रहरुको सामाजिक तथा आर्थिक क्षेत्रमा लामो समयसम्म क्षति र्पुयाई यसको असर प्रत्क्षरुपमा मानव विकासमा पर्न जाने कुरा बताएका थिए । २०७२ सालमा गोरखामा गएको विनासकारी भूकम्पको दौरानमा विभिन्न मित्रराष्ट्रहरुबाट प्राप्त सहयोग र समन्वयका कारण सहजै प्रतिविपद्का कार्य सम्पन्न गर्न सकिएको उदाहरण दिँदै उनले विपद् न्युनिकरण गर्न सम्पूर्ण राष्ट्रहरु एकजुट भई सहकार्य र समन्वय गर्न अत्यावश्यक रहेको कुरा बताएका थिए । साथै, उक्त अभ्यासमा सहभागी भएका शिक्षार्थी तथा प्रत्यक्षरुपमा सहयोग र्पुयाउने स्वदेशी तथा विदेशी सैनिकरगैर सैनिक व्यक्तिहरुलाई प्रमाण पत्रसमेत वितरण गरेका थिए ।
उक्त समापन समारोहमा अमेरिकी राजदुत रेन्डी बेरी रक्षा मन्त्रालयका सह सचिव श्री बाबुराम गौतम, गृह मन्त्रालयका सह सचिव श्री ईन्दु घिमिरे, नेपाली सेनाका रथीबृन्दहरु, गण्डकी प्रदेशका सचिवहरु, विभिन्न सरकारी तथा गैर सरकारी संघसस्थाका प्रतिनिधिहरु, विभिन्न मित्रराष्ट्रहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरु र नेपाली सेनाका अधिकृत पदिक तथा अन्यदर्जाहरुको उलेख्य उपस्थिति रहेको थियो ।
यस किसिमको संयुक्त अभ्यासबाट भविष्यमा आउन सक्ने जस्तोसुकै विपद्का परिस्थितिहरुमा सहभागी सवै निकायहरुबाट छिटोछरितो र सहज ढंगले प्रतिविपद्का कार्य सम्पादन गर्न मद्धत पुग्नुका साथै अभ्यासमा सहभागी सम्पूर्ण शिक्षार्थीहरुमा विपद्का दौरान कुशल ढंगबाट आ-आफ्नो जिम्मेवारीहरु निर्वाह गर्न सक्ने क्षमता अभिबृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया