ललितपुर— काठमाडौं महानगरपालिका, सहरी योजना आयोगको उपाध्यक्षमा सरोज बस्नेत नियुक्त भएका छन्।
महानगरको आइतबार बसेको ३३ औं नगर कार्यपालिका बैठकले बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। बस्नेत यस अघि आयोगको सदस्य सचिव थिए।
गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगर सभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम उनलाई उपाध्यक्ष नियुक्त गरिएको हो । ऐनले आयोगको अध्यक्ष महानगरको प्रमुख रहने व्यवस्था गरेको छ । बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अनुमोदन गरेको छ ।
बैठकमा प्रहरीसँगको साझेदारितामा सहरमा राखिने सिसिटिभि क्यामरा जडान गर्न थप २ करोड ८१ लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस अघि यही कार्यक्रमका लागि ३ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।
प्रतिक्रिया