अर्घाखाँची – नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको समुहले अह्वान गरेको बन्दमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ मा रहेको आवासीय मा.वि र त्रिबेणी कलोनीमा फेला परेको दुईवटा सुतली बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।बन्दकर्ताले विद्यालय र बजार क्षेत्रलाई लक्षित गरी बम राखेको आशंका गरिएको छ ।
सदरमुकाम सन्धिखर्कमा बन्दको पूर्ण प्रभाब परेको छ । बन्दको कारण यातायातका साधनहरु चल्न सकेका छैनन् भने बजार क्षेत्र पूर्ण रुपमा बन्द रहेको छ । यस्तै शैक्षिक संस्थामा समेत बन्दको प्रभाब परेको छ । जिल्लाका कुनै पनि विद्यालयमा पठन पाठन सञ्चालन हुन सकेको छैन ।
प्रतिक्रिया