एजेन्सी – अफगानिस्तानको दुई ओटा छुट्टाछुट्टै प्रान्तमा भएको सैन्य कारबाहीमा परी हक्कानी नेटवर्कका १४ जना लडाकू मारिएका अफगान विशेष सैन्यबलले जानकारी दिएको छ ।
अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले घाज्नी र पाक्टिका प्रान्तमा मङ्गलबार सबेरै गरेको कारबाहीमा परी सो नेटवर्क १४ जना लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।
हक्कानी नेटवर्क पनि तालिबान लडाकू सञ्जालको नै एक समूह हो । जारी विज्ञप्तिका अनुसार यस नेटवर्कका एक प्रान्तीय कमाण्डरसहित १० सदस्य पक्राउ परेका छन् । यस कारबाहीको क्रममा विशेष सुरक्षा बलले हातहतियार र गोला बारुदसमेत बरामद गरेको बताइएको छ ।
प्रतिक्रिया